सिमकोट – काँग्रेस केन्द्रीय कार्यक्रम अनुसार जागरण अभियानलाई हुम्ला काँग्रेसले जिल्ला व्यापी बनाउने भएको छ ।


ADVERTISEMENT


बिहीबार जागरण अभियानका बारेमा भातृ संगठनलाई जानकारी गराउने र शुक्रबार शुभेक्छुक संस्थासंग छलफल कार्यक्रम रहेको काँग्रेस सचिव मोहन विक्री सिंहले बताए । त्यस पछि पार्टीको जिल्ला कार्य समितिको बैठक बसेर पालिका स्तरमा जागरण अभियान संचालन गर्ने तय गरिने उनले बताए ।


ADVERTISEMENT

# # #


संभव भए वडा स्तरमा र नभए पालिका र मुख्य बस्ती स्तरमा जागरण अभियानलाई संचालन गर्ने तयारी भएको उनले बताए । हुम्ला जिल्लामा जागरण अभियान संचालन गर्न केन्द्रीय प्रतिनिधिहरुका रुपमा यस अघि केन्द्रीय सदस्य हृदयराम थानीलाई खटाएको उनले स्वास्थ्यको कारण जान नसक्ने बताएपनि काँग्रेस नेता हस्त बहादुर मल्ललाई खटाएको थियो ।

उनी यतिखेर हुम्लामा छन् । अभियान संचालन हुने प्रत्येक पालिका स्तरका कार्यक्रममा केन्द्रीय प्रतिनिधि मल्लले आफु पुग्ने बताए । यस अघि मल्लको नेतृत्वमा बुधबार सिमकोट बजारमा र्याली निकालेर पार्टी कार्यालय बिपी स्मृत भवनमा काँग्रेसले अभियानको उद्घाटन गरेको थियो ।