काठमाडौँ – आईएमएस ग्रुप आफ्नो स्थापनाको २७ औं वर्षमा सफलताका साथ प्रवेश गरेको छ । कम्पनीले बिहीबार २७ औं वार्षकोत्सव मनाएको हो ।


ADVERTISEMENT


मोबाइल फोनसामसुङ र कोरियन गाडी स्याङ्योङ मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता आईएमएस ग्रुप अन्तर्गत २० वटा कम्पनीहरु रहेका छन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, ग्रुपका डिरेक्टर विमल सावर्थिया, प्रेसिडेण्ट सिइओ डिकेश मलहोत्रा, मलहोत्रा तथा सावर्थिया परिवार, अन्य अथिति लगायत ४ सय भन्दा बढी कर्मचारी सहभागिता थियो ।
वार्षकोत्सवका अवसरमा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै दीपक मलहोत्राले ग्रुप सबै कर्मचारीहरुले लगनशीलता एवं इमानदारिताका साथ आफ्नो कार्य गरेकोले नै ग्रुपले २७ औं बसन्त सफलताका साथ प्रवेश गरेको बताए । सम्पूर्ण कर्मचारी, ग्राहक वर्ग एवं अन्य शुभेच्छुकलाई ग्रुपलाई निरन्तर सहयोग र न्यानो माया गरेको भन्दै धन्यवाद दिए ।

यस्तै गरी मलहोत्राले आगामी दिनहरुमा ग्राहक केन्द्रित सेवा मार्फत सफलताका नयाँ उचाइहरु आई।एम।एस्। ग्रपले चुम्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे।