काठमाडौँ – नीति तथा कार्यक्रममा नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी शर्माओलीलाई प्रश्न सोध्ने क्रममा भनेको र सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले बोलेका अमर्यादित शव्द संसदको रेकर्डबाट हटाइएका छन् ।


ADVERTISEMENT


शुक्रबार सभामुख कृष्ण बहादुर महराले संसद बैठकमा प्रयोग भएका अमर्यादिन शब्द हटाउन संसद सचिवालयका कर्मचारीलाई निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


सभामुखको निर्देशन लगत्तै नेकपाका संसद खगराज अधिकारीले उक्त दिन प्रधानमन्त्रीले मात्रै नभएर अन्य माननीयहरले समेत अमर्यादिन शव्द प्रयोग गरेकाले ति शव्दहरु समेत हटाउन माग गरेका थिए । त्यसपछि सभामुख महराले अमर्यादित सबै शब्द हटाउन निर्देशन दिएको जवाफ दिएका थिए । सभामुखको उक्त निर्देशनपछि काँग्रेस सांसदहरुले संसद बैठक चल्न दिएका छन् ।

बैठक शुरु गर्दै सभामुख महराले भने, ‘सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको स्पष्टीकरण र जिज्ञासाका क्रममा व्यक्त भएका संसदीय मर्यादा अनुकूल नभएका शब्द अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु ।’

त्यसलगत्तै सभामुखले राष्ट्रपतिकोकार्यालयबाट प्राप्त कार्यभार सम्हाल्ने सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

गत बैशाख २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नलाई आक्रोश, कुण्ठा र निम्छराको संज्ञा दिएपछि प्रतिनिधिसभाको सोही दिनको बैठक केहीबेर तनाबग्रस्त बनेको थियो ।