काठमाडौँ – प्रहरीले एक लाख अमेरिकी डलरसहित एकजना भारतीय महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।


ADVERTISEMENT


विशेष सूचनाका आधारमा नेपाल एयरलाइन्सको उडान नं. २०१बाट भारत जान लागेकी वन्दना सोनी भन्ने वन्दना घनश्याक सोनीलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


भारतीय नागरिक मतदाता परिचयपत्र नंं. YBB2125086 वाहक ४४ वर्षीय वन्दनाबाट लुकाइछिपाइ लैजान लागेको एक लाख डलर बरामद गरेको अपराध अनुसन्धान महाशाखा गौचरले जनाएको छ । महाशाखाका अनुसार उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।