एजेन्सी – इण्डिन प्रिमियर लिग (आइपीएल)को १२ औँ संस्करण अन्तिम समयमा आइपुगेको छ । आज हैदराबादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा उपाधीका लागि महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ र रोहित शर्माको नेतृत्वमा रहेको मुम्बई इण्डियन्स भिड्दैछन् ।


ADVERTISEMENT


आइपीएलको समाप्तीसंगै विजेता टोलीमाथि पुरस्कारको वर्षा हुनेछ । च्याम्पियनले २० करोड रुपैयाँ पुरस्कार पाउँदैछ । फाइनलमा हार्ने टिम पनि १२.५ करोड रुपैयाँको भागिदार हुनेछ ।


ADVERTISEMENT

# # #


यसका साथै विभिन्न विधामामा पुरस्कार प्रदान गरिनेछ ।

यस्तो छ पुरस्कार राशी

–च्याम्पियनलाई मिल्नेछ २० करोड भारुको चेक ।

–उपविजेताले पाउनेछ १२.५ करोडको चेक ।

– ओरेन्ज क्याप (सर्वाधिक रन बनाउने खेलाडी) विजेतालाई मिल्नेछ १० लाख भारुको चेक ।

– पर्पल क्याप (सर्वाधिक विकेट) विजेतालाई मिल्नेछ १० भारुको चेक

अहिलेसम्मका सर्वाधिक रन बनाउने ब्याट्सम्यान

१. डेविड वार्नर (हैदराबाद): १२ खेल, ६९२ रन, १००* बेस्ट, ६९.२० एवरेज

२. लोकेश राहुल (पंजाब): १४ खेल, ५९३ रन, १००* बेस्ट, ५३.९० एवरेज

३. शिखर धवन (दिल्ली) : १६ खेल, ५२१ रन, ९७* बेस्ट, ३४.७३ एवरेज

४. आंद्रे रसेल (कोलकाता) : १४ खेल, ५१० रन, ८०* बेस्ट, ५६.६६ एवरेज

५. क्विंटन डि कॉक (मुंबई) : १५ खेल, ५०० रन, ८१ बेस्ट, 3५.७१ एवरेज

अहिलेसम्मका सर्वाधिक विकेट लिने खेलाडी

१. कागिसो रबाडा (दिल्ली) १२ खेल, २५ विकेट

२. इमरान ताहिर (चेन्नई) १६ खेल,  २४ विकेट

४. श्रेयस गोपाल (राजस्थान) १४खेल, २० विकेट

4. दीपक चहार (चेन्नई) १६ खेल, १९ विकेट

५. खलील अहमद (हैदराबाद) ९ खेल, १९ विकेट