एजेन्सी – आइतबार राति भएको इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीचको खेलमा निकै उतारचढाव भयो। खेल कतिबेला चेन्नईको पक्षमा जालाजस्तो हुन्थ्यो फेरि कुनैबेला मुम्बईको पक्षमा फर्किन्थ्यो। अन्तिम बलसम्म पनि निकै रोमाञ्चक भएको उक्त खेलमा अन्ततः मुम्बईले बाजी मार्‍यो। एक रनको जित निकाल्दै उसले आइपिएलको उपाधिमा चौका हान्यो।


ADVERTISEMENT


दुई टोलीका ब्याट्सम्यानले २९७ रन हानेको उक्त फाइनलमा चेन्नईका ओपनर सेन वाट्सन एक्लैले ८० रन बनाए। चेन्नईलाई जितको नजिक पुर्‍याउन ५९ बलमा ८० रन हानेका वाट्सन १९.४ ओभरमा दुई रन लिन खोज्दा रन आउट भए। त्यसपछि खेल मुम्बईका पक्षमा पर्‍यो।


ADVERTISEMENT

# # #


चेन्नईको ब्याटिङ पारि एक्लै सम्हालेका यी अष्ट्रेलियन खेलाडी उक्त खेलका क्रममा घाइते हुँदाहुँदा रन बनाइरहेका थिए भन्ने अहिले खुलेको छ। चेन्नईका स्पिनर हरभजन सिंहले उक्त खेलका वाट्सनको घुँडाबाट रगत आइरहेको खुलासा गरेका छन्।

वाट्सनको तस्बिर राखेर उनले इन्स्टाग्राममा लेखेका छन्, ‘तपाईहरू उनको घुँडामा रगत देख्नसक्नुहुन्छ… खेलपछि उनका घुँडामा ६ टाँका हानियो। डाइभ हान्दा उनी घाइते भए । तर, कसैलाई पनि नभनी ब्याटिङ गरिरहे।’