काठमाडौं – सुन्धारास्थित काठमाडौं मल नजिक ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदा एक युवतिको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।


ADVERTISEMENT


ना२ख ४२२२ नम्बरको ट्यांकरले बा३७प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार काँडाघारीकी २३ वर्षीया सुनिता खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा केसीसँगै उनका पिता रामशरण केसी रहेका थिए ।


ADVERTISEMENT

# # #


मोटरसाइकल चालक केसी घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकललाई ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।