काठमाडौँ – धादिङलाई केन्द्रबिन्दु बनाएर शुक्रबार दिउँसो ५ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं लगायतका जिल्लामा महशुस गरिएको छ ।


ADVERTISEMENT


दिउँसो २ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो । यो भूकम्प २०७२ सालमा गएको शक्तिशाली भूकम्पको परकम्प रहेको भूकम्प मापन केन्द्रका भूकम्पविद भरत कोइरालाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसअघि वैशाख २९ गते दैलेखमा ५.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।