काठमाडौं – प्रहरीले गोगंबुस्थित पाण्डे लुम्बिनी भोजनालयबाट संरक्षित वन्यजन्तु रेड पाण्डाको छाला १ थानसहित एक जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


प्रहरीले मुगु रारा नगरपालिका–१२ घर भई हाल ललितपुर चापागाँउ बस्ने ३२ वर्षीय रुप बहादुर बुढालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले जाँच गर्दा बुढालाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।