काठमाडौं – मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा देशभरका पत्रकारले शुक्रबार प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौंको नयाँ बानेश्वरमा र अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारले धर्ना दिएका हुन् । पत्रकारले सञ्चार साधनसहित प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुले सो विधेयक अभिलम्ब फिर्ता गर्न भन्दै संविधानले दिएको प्रेस स्वतन्त्रता कार्यान्वयनको माग गरेर धर्ना बसे । पत्रकारहरुले मिडिया काउन्सिल विधेयक खारेज गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, प्रेस स्वतन्त्रता जिन्दावाद लेखिएका प्लेकार्ड बोेकेर कालो पट्टी बाँधेका थिए ।

धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले पत्रकारहरु, मानव अधिकारकर्मीहरु सितिमिति सडकमा नआउने बताउँदै अत्यन्तै पीडित भएको अवस्थामा मात्रै सडकमा आउने बताए ।

महासंघले पहिलो चरणमा घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रम शुक्रबार सकिदैछ । विधेयक फिर्ता लिनुपर्ने मागलाई सरकारले बेवास्ता गरेको र अझ कडा शब्दमा धम्कीपूर्ण अभिव्यक्ति सरकारबाटै आउन थालेको महासंघका उपाध्यक्ष विपुल पोखरेलले बताए ।

पहिलो चरणको आन्दोलन सकिएपछि भोलि शनिबार केन्द्रीय कमिटिको बैठक बसी नयाँ योजना बनाइने उनले बताए । महासंघले आयोजना गरेको प्रदर्शनमा पत्रकारका विभिन्न संघ, संगठनका साथै नागरिक अगुवासमेत सहभागी भएका थिए ।