ठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष तथानृेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सरकार लोकतन्त्रका आधार स्तम्भहरु भत्काउने अभियानमा लागेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


शुक्रबार मिडिया काउन्सिलसम्बन्धि विधेयकको विरोधमा नेपाल पत्रकार महासंघले देशव्यापी रुपमा गरेको प्रदर्शनको सन्दर्भ पारेर उनले राज्यका सबै अंगहरु कम्युनिस्टीकरणको कुचक्रबाट ग्रसित हुँदै गएका टिप्पणी गरेका हुन् ।


ADVERTISEMENT

# # #


निवर्तमान अध्यक्ष महरले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सरकारले कम्युनिज्मका लागि बाधक देखिएका संघसंस्थालाई निष्प्रभावी बनाउने अभियान चलाइरहेको दाबी गरेका छन् ।

‘‘मुख्य तारो मिडिया होला तर कम्युनिज्मका लागि तगारो देखिने प्रायः संघसंस्थाको बन्ध्याकरणको अभियान चलेको छ,’’ उनले स्टाटस् लेख्दै भनेका छन्, ‘‘प्रेस मात्रै होइन, राज्यका सबै अंगहरु कम्युनिस्टीकरण कुचक्रबाट ग्रस्त हुँदै गएका छन ।’’