काठमाडौं – मलेसिया र चाइनिज ताइपेइविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।


ADVERTISEMENT


नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले सोमबार बेलुकी २३ सदस्यीय टिमको टुंगो लगाएका हुन् । नेपाली टीममा पहिलो पटक अभिषेक रिजालले स्थान बनाएका छन् । विंगर मिडफिल्डर अभिषेक मनाङ मस्र्याङ्दी क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका १९ वर्षीय खेलाडी हुन् । भरपर्दा खेलाडी भरत खवास, हेमन गुरुङ र विमल घर्तीमगर चोटका कारण टिमबाट बाहिरिएका छन् ।


ADVERTISEMENT

# # #


नेपालले मलेसियाविरुद्ध २ जुनमा उसैको भूमिमा खेल्नेछ भने चाइनिज ताइपेइविरुद्ध ६ मेमा मैदान उत्रिने छ । नेपालले यसलाई २०२० मा हुने फिफा विश्वकप छनोटको तयारीका रुपमा लिएको छ ।

नेपाली फुटबल टिम

गोलकिपर : किरण चेम्जोङ, एलन न्यौपाने, विकेश कुथु

डिफेन्स : विराज महर्जन (कप्तान), सरोज दाहाल, रन्जित धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल

मिडफिल्ड/फरवार्ड : सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल र अञ्जन विष्ट ।