काठमाडौं – ‘५० लाख दिनुस् प्रधानमन्त्री ओलीलाई मारीदिन्छु’ भनी सामाजिक संजालमा कमेन्ट गरेको अभियोगमा एक युवा पक्राउ परेको छन् । काठमाडौँको बानेश्वर बस्ने सिन्धुपाल्चोक लिसाँखु गाउँपालिका.२ घर भएका ३४ वर्षीय लाल बाहदुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


सामाजिक संजाल फेसबुकमा आएको एक समाचारमा उनले कमेन्ट गरेका थिए । जसमा ‘पचास करोड दिनुस् म मोदीलाई मारीदिन्छु’ भन्ने शीर्षकमा प्रकाशित समाचारमा ‘सलिम योन्जन तामाङ–भाई” नामक फेसबुक तामाङले उक्त कमेन्ट गरेको प्रहरीको भनाई छ ।


ADVERTISEMENT

# # #


सामाजिक संजालमा उक्त कमेन्ट सम्प्रेषण गरी जनमानसमा भ्रम तथा त्रास फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ ।