काठमाडौँ – जनता बैंक नेपाल लिमिटेड र ह्याम्स अस्पताल, धुम्बाराहीबिच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि संझौता सम्पन्न भएको छ ।


ADVERTISEMENT


संझौता पत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारी र बैंकको ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख पुकार सुबेदीले हस्ताक्षर गरेका छन्। संझौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


उक्त सुविधा प्राप्तिका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी छुट सुविधा लिन सक्नेछन् ।