पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्याभएको स्थान नजिकै आत्महत्या गरेका युवाको शवको छेउमा रगत लतपतिएको खुकुरी भेटिएको छ ।


ADVERTISEMENT


विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा मानबहादुर माखिम झुण्डिएको अवस्थामा फेला परेका थिए । प्रहरीले हत्यामा माखिमकै संलग्नता हुनसक्ने आशंका गरिरहँदा त्यसलाई थप बल पुग्ने प्रमाण भेटिएको हो ।


ADVERTISEMENT

# # #


अनुसन्धानका क्रममा उनको शव भेटिएको स्थान नजिकै रगतमा लतपतिएको खुकरी, दाप र लुगा फेला परेको १ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी केदार रिजालले जानकारी दिए । उनले भने ‘ खुकुरी हत्या प्रयोग भएको हो, होइन अनुसन्धानबाट खुल्छ ।’

सम्बन्धित समाचार :

– पाँचथरमा ९ जनाको विभत्स हत्या

–  ९ जनाको हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला

– पाँचथर हत्या प्रकरण : आत्महत्या गरेका युवकले नै हत्या गरेको आशंका

– पाँचथर हत्या प्रकरणबारे संसदमा गृहमन्त्रीको जवाफ माग