काठमाडौँ– निर्वाचन आयोगले तेस्रो चरणमा आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय निर्वाचन तालिका सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


आयोगको बुधबार बसेको बैठकले कार्यतालिकासहितको निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बिहीबार विज्ञप्ति प्रकाशन गरेर भदौ २१ गते उम्मेदवारको मनोनयन पत्र दर्ता, २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेलगायत कार्यक्रम रहेको जनाएका छन् । प्रदेश नं. २ का आठ जिल्लामा १ सय २७ स्थानीय तह (गाउँपालिका/नगरपालिका) छन् ।


ADVERTISEMENT

# # #


मतदान असोज २ गते बिहान ७ः०० देखि अपरान्ह ५ः०० बजेसम्म सञ्चालन गरिने छ । निर्वाचन कार्यक्रम आयोगको बुधबार बसेको बसेको बैठकले स्वीकृत गरेको प्रवक्ता शर्माले बताए ।

मधेसकेन्द्रित दलहरुलाई सहभागी गराउन भन्दै सरकारले पटक पटक सारेर प्रदेश २ को निर्वाचन असोजमा पुर्‍याएको हो । यसअघि वैशाख ३१ र असार १४ गरी प्रदेश नम्बर १,३, ४, ५, ६ र ७ मा निर्वाचन भइसकेको छ ।

निर्वाचन कार्य तालिका