काठमाडौँ – सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालका लागि अमेरिकी राजदूतले सञ्चालन गर्न लागेको ‘जनतासँग गफगाफ’ कार्यक्रम कूटनीतिक मर्यादाभित्रै रहेर गर्नेमा सरकारले आशा राखेको बताएका छन्।


ADVERTISEMENT


राजदूत र्‍याण्डी बेरीले ‘राजदूतसँग गफगाफ’ कार्यक्रम चलाउने तयारी गरेपछि त्यो कुटनीतिक मर्यादाविपरीत हुने भन्दै आलोचना भइरहेको छ।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषदका निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता बाँस्कोटाले भने, ‘कूटनीतिक प्रोटोकल, मान्यता र सहमति तथा मापदण्डभित्रै रहेर काम गर्नुहुन्छ होला भन्ने आशा राख्छौं।’

उनले राजदूतले कार्यक्रम चलाउन लागेकोबारे सरकारको ध्यानाकर्षण भएको पनि बताए।