म्याग्दी – वेनी नगरपालिका–४ डाँडाखेत बस्ने १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–५ बस्ने १९ वर्षीय प्रेम किसान, २६ वर्षीय कृष्ण विक र २१ वर्षीय विकास किसान रहेका छन् ।


ADVERTISEMENT


गत ७ गते राति ती बालिका शौचालय गएको अवस्थामा उनीहरुले डरत्रास देखाई बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दी तथा मातहतबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।