काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभइ, समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताएका छन् ।


ADVERTISEMENT


गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । ‘विकासका लागि हाम्रो प्रस्थानविन्दू सवैलाई खाद्य व्यवस्था, सवैलाई आवास र कपडा, सवैलाई शिक्षा र सवैलाई स्वास्थ्य एवं सुरक्षा हो’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन ‘जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प हामीले लिएका छौं । यस संकल्पलाई सार्थक बनाउने सरकारको दृढ उद्देश्य छ । त्यसका लागि विभिन्न, पेशा, क्षेत्र, व्यवसायका नेपालीको बलियो साथ रहनेछ भन्ने मेरो विश्वास छ ।’


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले सन्देशमा यस दिवसले नेपालीहरुलाई गणतन्त्र र जनप्रतिनिधित्वको व्यवस्थाप्रति गौरव गर्न झक्झक्याएको उल्लेख गरेका छन् । “गणतन्त्र दिवसले गणतन्त्रको मर्यादा,गणतान्त्रिक संस्थाहरुको मर्यादा र गणतान्त्रिक प्रक्रियाको गर्न सिकाएको छ । गणतन्त्र जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली हो ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास,समृद्धि,सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य भएको उल्लेख गरेका छन् ।

“हाम्रो ध्येय गरिवी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचार विरुद्ध केन्द्रीत छ । गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन् । त्यसैले सुशासन र विकास आज हाम्रो प्राथमिकता हुन ” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् ‘त्यसैले यो प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार दृढ इच्छाशक्तिका साथ समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर छ ।’