काठमाडौँ – अमित श्रेष्ठको शतक र दीपेन्द्र ऐरीको घातक बलिङको मदतमा प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो जित हात पारेको छ । पुलिसले प्रदेश १ लाई ७५ रनले पराजित गरेको हो ।


ADVERTISEMENT


नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई रनको मध्यम चुनौति दिएको छ । बुधबार भएको खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो


ADVERTISEMENT

# # #


मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको पुलिसले अमित श्रेष्ठको शतकको मदतमा ४३.१ ओभरमा सबै विकेट गुमाउँदै १८५ रन बनायो ।१८६ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको प्रदेश १ ले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै ११० रन मात्रै बनाउन सक्यो । उसका लागि सन्नी पुनले सर्वाधिक २७ रन बनाए । यस्तै मनिस थापाले १९ रन जोड्दा दिपेश कँडेल १५, फिरदोस अन्सारी १२ रनमा आउट हुँदा कप्तान पुष्प थापा १० रनमा पेवेलियन फर्किए ।

प्रदेश १ ब्याटिङलाई ध्वस्त बनाउन दीपेन्द्र सिंक ऐरीले उत्कृष्ट बलिङ गरे । १० ओभरमा ४ मेडेन राख्दै उनले २६ रन खर्चिएर ५ विकेट चट्काए । ललित नारायण राजवंशीले पनि ३ विकेट लिए । उनले ९.३ ओभरमा २ मेडेनका साथ २० रन खर्चिएर ३ विकेट लिए । सागर ढकाल र आरिफ शेखका नाममा समान १-१ विकेट रह्यो ।

यसअघि पुलिसका लागि पहिलो शतक हानेका अमितले ११८ बलमा १०६ रन बनाउँदा १५ चौका र एक छक्का हाने । यस्तै कुशल भुर्तेलले २४ रन बनाउँदा कप्तान मञ्जित श्रेष्ठ र रामनरेश गिरिले समान ११ रन बनाए । पवन सर्राफले १० रन जोडे ।

प्रदेश १ का लागि सिद्धान्त लोहनी, फिरोद अन्सारी, कमल खत्री, दिपेश कँडेल र पुष्प थापाले समान २-२ विकेट लिए ।