काठमाडौं – प्रधानमन्त्री कार्यालयमा तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवका आयोजनाको अनलाइन अनुगमन गर्न तथा आपतकालीन अवस्थामा समस्या समाधान गर्नका लागि प्रदेशका मुख्यमन्त्रीहरुसंग भिडियो कुराकानी गर्ने उद्देश्यले उक्त ‘एक्सन रुम’ सञ्चालनमा आएको हो ।


ADVERTISEMENT


बुधबार प्रधानमन्त्री कार्यलयमा एक्सन रुमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेपाल डिजिटल युग तर्फ अघि बढेको बताए । एक्सन रुम उद्घाटन गरेर प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मूख्यमन्त्रीहरुसँग राज्य सञ्चालनमा विविध पक्षमा संक्षिप्त कुराकानी गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले एक्सन रुमले संघ र प्रदेशबीचको अन्तरक्रियामा सहज अवस्था आउने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगबाट सुशासन र विकासमा महत्वपूर्ण सहयोग हुने अपेक्षा लिएको बताए ।

एक्सन रुम निर्माण भएपछि सातवटै प्रदेशका मूख्यमन्त्रीसँग भिडियो कन्फरेन्स मार्फत एकै पटक छलफल गर्न,राष्ट्रिय गौरवका विकास प्रणाली जडान गरी अनुगमनको पनि अनुगमनलाई सार्थकता दिन सकिनेछ ।