काठमाडौँ – प्रभु बैंकले कञ्चनपुरको पुनर्वासमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले जिल्लाको पुनर्वास नगरपालिका वडा नं. ३ स्थित पुनर्वास शाखाको बुधबार उद्घाटन गरेको हो ।


ADVERTISEMENT


उक्त शाखाको नगरपालिकाका मेयर जीवनराज थापाले उद्घाटन गरेका छन् । उद्घाटनपछि बोल्दै मेयर थापाले प्रभु बैंकले देशका विभिनन ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गरे । उनले पुनर्वास शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको भएको बताए ।


ADVERTISEMENT

# # #


यो शाखा समेत गरी बैकले १७९ वटा शाखा, १४५ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।