काठमाडौँ – धुर्मुस–सुन्तली फाण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम स्थगि गरिएको छ । केही स्थानीयले रंगशाला निर्माणका लागि लगाइएको जस्ताको अस्थायी बार भत्काइदिएपछि फाउण्डेसनले रंगशाला निर्माणको काम स्थगित गरेको हो ।


ADVERTISEMENT


सुरक्षाको कारण देखाउँदै रंगशाला निर्माणको कार्य तत्कालका लागि स्थगित गरिएको फाउण्डसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ जनाएका छन् । बिहीबार एक विज्ञप्ती जारी गर्दै धुर्मुसले स्थानीयले फाण्डेसनका कर्मचारीलाई धाकधम्की दिएको, विविभन्न अनुचित माग राखेको, काम गर्न असहजता सिर्जना गरेको भन्दै यी विषयका बारेमा स्थायी समाधान नभएसम्मका लागि निर्माण कार्य रोहिएको बताएका छन् ।


ADVERTISEMENT

# # #


चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको झण्डै एक किलोमिटर बार कँडेलसहितका केही स्थानीयले बुधबार भत्काइदिएका थिए । उनीहरुले रंगशाला निर्माणको लागि लगाइएको जस्ताको बार मात्रै नभई कृषि तथा वनविज्ञान विश्वविद्यालयले लगाएको तारको जालीसमेत भत्काएका छन् । त्यस वरपरका रुखहरू ढलाएका छन् ।

रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने माग स्थानीयको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने माग उनीहरुको छ ।स्थानीयका लागि मात्रै होइन रंगशालाका लागि समेत सडक चाहिने भएकोले करीव १० मिटर जग्गा सडकका लागि छाड्ने विश्वास धुर्मसले दिलाएका थिए ।

अहिले सो क्षेत्रमा ७ मिटर फराकिलो सडक छ । स्थानीयले समेत केही मिटर छाडेर बाटो खोल्ने सहमति भएको ४ दिनपछि नै केही व्यक्तिहरुको उक्साहटमा जस्ताको बार भत्काइएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए ।

बार भत्काउने प्रमुख योजनाकार पक्राउ

रंगशालाको बार भत्काउने प्रमुख योजनाकार पक्राउ परेका छन् । प्रहरीले बुधबार राती नै मुख्य योजनाकार प्रकाश कँडेललाई पक्राउ गरेको हो । रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेल नेतृत्वको समूहले बुधबार भत्काएको थियो ।

कँडेल नेकपाका स्थानीय नेता समेत हुन् ।