काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसंग आलोपालो सरकारको नेतृत्व गर्ने गरी सहमती भएको खुलासा गरेका छन् ।


ADVERTISEMENT


पत्रकार ऋषि धमलासंग कुराकानी गर्दै उनले ढाई वर्षमा ओलीले प्रधानमन्त्री छाड्ने सहमति भएको खुलासा गरेका हुन्। सहमतिका आधारमा सरकार चलाउने सहमति भएका भन्दै उनले सहमतिविपरित कुरा गर्न थालियो भने चिज अर्को ढंगले जाने बताए ।


ADVERTISEMENT

# # #


ढाई वर्षमा प्रधानमन्त्री ओलीलले सत्ता छाड्न मान्नु भएन भने के गर्नुहुन्छ भन्ने धमलाको प्रश्नमा प्रचण्डले त्यस्तो कल्पना पनि गर्न नसकिने बताए । ‘जे हुन्छ सहमतिबाट हुनुपर्छ भन्ने हाम्रो छ। पार्टीले डिसिजन गर्ने कुरा हो। त्यस्तो कुराको अहिले म कल्पना गर्न चाहदिनँ। मैले प्रधानमन्त्रीजीलाई दुःख, सुख अप्ठ्यारोमा रक्षा गर्न मेरो ठाउँबाट बल गरिराखेकै छु। तपाईंहरूले देखिराख्नुभएकै छ। मैले सरकारको पक्षमा प्रधानमन्त्रीको पक्षमा जनताको बीचमा पब्लिक कार्यक्रममा पनि, सरकारले गरेका राम्रा कार्यक्रममा पनि के–के हुन् भनेर भनिराखेको छु। त्यसैले म अहिले तपाईंको यो प्रश्नमा जान चाहन्नँ। त्यसो गर्नु अहिले वास्तवमा उचित हुन्न।’ उनले भने, ‘हामी सहज ढंगले कुराकानी गरिराखेका छौं। एकतादेखि अहिलेसम्म कहीँ हाम्रा कमीकमजोरी छन् भने समीक्षा गर्ने र सच्याउने तर्फ बल गर्नुपर्छ भन्नेतर्फ गैराखेका छौं। त्यसकारण भोलि (साढे दुई वर्षमा) छाड्नुहुन्न (प्रधानमन्त्री) भन्ने म कल्पना गर्न चाहन्नँ।’

एकता महाधिवेशनपछि आफूलाई पार्टी अध्यक्ष बनाएपनि ओली प्रधानमन्त्री रहिरहन्छन् भन्नेमा सत्यता नभएको उनले स्पष्ट पारे । तर, उनले ओली सरकारले जनताको चाहना अनुसारको काम गरेमा आफू सरकारलाई समर्थन गरिराख्ने र आलोपालोको सहमति लागू नहुने उनले बताए ।  ‘केपीजीले एकता महाधिवेशनमा मलाई अध्यक्ष बनाउँदैमा उहाँ पाँच वर्ष प्रधानमन्त्री हुने भन्ने हुँदैन।’ उनले भने, ‘मुख्य कुरा जनताले चाहेजस्तो सुशासन र विकासलाइ पनि गति दिइयो र एकता अधिवेशनमा सबैकुरा सहमतिमा गयो भने केपीजी पाँचै वर्ष प्रधानमन्त्री हुन सक्नुहुन्छ।’

सुशासन र विकासले गति लियो र सरकारले दिन प्रति दिन लोकप्रिय काम गर्दै अगाडि बढेमा सहमति अनुासर प्रधानमन्त्री फेरिराख्नु पर्छ भन्नेमा आफू नरहेको उनले बताए ।। तर एउटा नेताको हैसियतले आफ्नो जिम्मेवारी पनि राम्रोसंग परिभाषित हुनुपर्ने उनले बताए । ‘सरकारको नेतृत्व एउटा अध्यक्षले र पार्टीको नेतृत्व एउटा अध्यक्ष्ँले गर्यो भने सन्तुलन मिल्छ र म फेरि प्रधानमन्त्री भइराख्न पनि पर्दैछ ।’ उनले भने, ‘त्यसो भयो भने मैँले खेल्ने भूमिका पार्टीमा राम्रोसंग खेल्छु । तर, हिजोको सहमतिप्रति हामी सबै इमानदार हुनैपर्छ ।