काठमाडौं – विश्वकप क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डले विजयी सुरुआत गरेको छ । लण्डनको किनिङटोन ओभलमा भएको बिहीबार भएको उद्घाटन खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।


ADVERTISEMENT


हिजोको खेलमा टस हारेर ब्याटिङ्को निम्तो पाएको इङ्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३११ रन बनायो।


ADVERTISEMENT

# # #


३१२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा सबै विकेटको क्षतिमा २०७ रन मात्रै बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि ओपनर डि ककले सर्वाधिक ६८ रन बनाए । रसिई भान डेर डुसेनले ५० रन बनाएपनि अन्य खेलाडी सस्तैमा समेटिए ।

खेलको पहिलो इनिङमा इङ्ल्याण्ड सुरूवात भने राम्रो रहेन।इङ्ल्याण्डका जोनी बेयरस्टो पहिलो ओभरमा ने शून्यमा आउट भए। उनलाई इमरान ताहिरले आउट गरेका थिए।

इङ्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रन जोडे। यसैगरी कप्तान मोर्गनले ५७, जेसन रोयले ५४ तथा जोय रूटले ५१ रनको योगदान दिए।

त्यसैगरी ३१२ रनको लक्ष्य पछ्याउन मैदानमा आएको दक्षिण अफ्रिकाको लागि ओपनर क्वेन्टन डे कक र रासे भान डेर डुसानले अर्धशतक बनाए। उनीहरूले क्रमशः ६८ र ५० रन जोडेका थिए।

इङ्ल्याण्डको जितमा जोफ्रा आर्चरले ३ विकेट लिएका थिए भने बेन स्टोक्स लियाम प्लंकेटले समान २-२ विकेट लिए। यसैगरी  आदील रशित र मोइन अलिले १-१ विकेट लिए।

प्रतियोगिता अन्तरगत आज वेस्ट इन्डिज र पाकिस्तान भिड्दैछन् ।