रामपुर, पाल्पा– फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या पाल्पामा बढ्दै गएको छ ।


ADVERTISEMENT


साउन १ गतेबाट सुरु भएको फोटोसहितको मतदाता नामावली संकलनमा हालसम्म एक हजार ११५ जनाले दर्ता गराएका छन् । तीमध्ये ६८० पुरुष र ४८५ महिला रहेको जिल्ला निर्वाचन कार्यालय पाल्पाका सूचना अधिकारी थमन सारुले जानकारी दिए ।


ADVERTISEMENT

# # #


साउन १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय पाल्पामा र १६ गतेदेखि २५ गतेसम्म जिल्लाका दशवटै स्थानीय तहबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । रासस