काठमाडौँ– आईसीसी यू–१९ विश्पकप छनोटमा नेपालद्वारा सिंगापुर २२ रनले पराजित भएको छ ।


ADVERTISEMENT


टस जितेर ब्याटिङ गरेको नेपालले यस प्रतियोगिताको आफ्नो चौथो खेलमा सिंगापुरसामु ४६.५ ओभरमा सवै विकेट गुमाउँदै १६८ रनको चुनौति पेस गरेको थियो । राम्रो सुरुवात गरेको सिंगापुर निरन्तरता दिन नसक्दा पराजित भयो ।  ४३ ओभरको समाप्तीमा सिंगापुरले ५ विकेट गुमाएर १३९ बनाइसकेको थियो । ४२ बलमा ३० रन मात्र चाहिएको थियो र ५ विकेट हातमा थियो ।


ADVERTISEMENT

# # #


तर, एकाएक नेपाल खेलमा फर्कियो । नेपाली बलरहरुले मात्र ७ रन दिँदा ५ विकेट लिएर २२ रनको जित दिलाए । ४४ औं ओभरको पहिलो बलमा विकेट लिएर हंसुल दीपको विकेट लिएक नेपाली कप्तान सन्दिप लामिछानेले ओभरको अन्तिम बलमा युवराज सिंहलाई पनि पभेलियनको बाटो देखाए ।

अर्को ओभर किशोर महतोले सिंगापुरको आठौं विकेट लिए । ४६ औं ओभरको दोस्रो बलमा विकेट लिँदै सन्दिपले हादर्ैै गरेको नेपाललाई जितर्फ डोहोर्‍याए । ४७ औं ओभरको पाँचौं बलमा सपन सरार्फले बीबी विक्रमको विकेट लिँदै नेपालको जितलाई औपचारिकता दिए ।

१६९ रनको लक्ष्य पच्छ्याइरहेको सिंगापुर ४६.५ ओभरमा १४६ रनमै समेटियो । सिंगापुरलाई पराजित गर्ने क्रममा कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । त्यस्तै किशोर महतोले २ तथा पवन सर्राफले २ विकेट लिए भने दिपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

यता नेपालको इनिङतर्फ २० रन जोड्दा पहिलो विकेटका रुपमा अनिल साहलाई व्यक्तिगत ७ गुमाएको नेपालले थप १२ रन जोड्दा प्रनिथ थापामगर ८ रन जोडेर आउट भए । आशिफ शेख पनि ७ रनमै आउट भए ।

चौथो नम्बर ब्याटिङमा आएका दिपेन्द्र सिंह ऐरी र सन्दिप सुनारले ३५ रनको साझेदारी गरे सन्दिप २६ रनमा आउट भए । लगातार ३ खेलमा चल्न नसकेका उनले शुक्रबार सिंगापुरविरुद्ध भने ५५ बलमा २ चौका र १ छक्का हानेका थिए ।

पाँचौं विकेटका लागि दिपेन्द्र र रोहितकुमारले ४१ रनको साझेदारी गरे । रोहित १५ रनमा आउट भए । पवन सरार्फ मात्र २ रनमा आउट भए । सातौं विकेटका लागि प्रकाश केसीसँग १६ रनको साझेदारी गरेका ऐरी अर्धशतक बनाएर बाहिरिए । ८३ बलको सामना गरेका उनले २ चौका र २ छक्काको मदतमा ५४ रन बनाए ।

थप २४ रन जोड्दा नेपाल अलआउट भयो । प्रकाशले २३ रन बनाए भने सन्दिप लामिछोनेले ५ र ललित राजवंशीले १ रन बनाए । किशोर महतो १ रनमा नटआउट रहे ।

सिंगापुरका बीबी विक्रमले ३ विकेट लिँदा आहान गोपीनाथ आचार र आर्यमन सुनिलले २/२ विकेट लिए ।