काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी पदपूर्तिका लागि आवेदन माग्नुमा सरकारको प्रभाव रहेको बताएका छन् ।


ADVERTISEMENT


स्थानीय तहका लागि लोकसेवाले नौ हजार कर्मचारीको नयाँ आवेदन मागेसंगै महरले यस्मा सरकारको प्रभावमा परेको आरोप खुलासा गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘‘संविधानले मधेसी, महिला, आदिवासी–जनजाति, दलित, अपांग र पिछडिएको क्षेत्रको आरक्षणको व्यवस्था गरेको छ,’’ महरको आरोप छ ‘‘तर, सरकारको सिफारिसमा हालै लोकसेवा आयोगले स्थानीय तहको लागि गरेको विज्ञापनले समावेशीकरणको विषयको ठाडो उल्लंघन गर्दै आरक्षणले व्यवस्था गरे अनुसारको पदपूर्तिको आह्वान भएको देखिँदैन ।’’

आयोगले स्थानीय तहमा कर्मचारी पदपूर्तिका लागि गरेको विज्ञापनमा समावेशी सिद्धान्तको ठाडो उल्लंघन गरेरको महरको आरोप छ ।