काठमाडौं । यति एयरलायन्सको नयाँ प्रबन्ध निर्देशक (एमडी) मा चन्दा शेर्पा नियुक्त भएकी छन्।


ADVERTISEMENT


यति एयरलायन्सका मालिक आङछिरिङ शेर्पाको गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी निधन भए पछि एयसलाईन्स नेतृत्व बिहिन बनेको थियो । त्यससंगै पर्यटन र उड्ययन क्षेत्रमा रहेको शेर्पाको झन्डै ५० अर्बको साम्राज्य कसले चलाउला भन्ने जिज्ञासा थियो।


ADVERTISEMENT

# # #


यति एयरलायन्सले केहीदिनअघि स्वर्गीय शेर्पाकी पत्नी चन्दालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। एयरलायन्सको अध्यक्षमा आङछिरिङका दाइ लाक्पा सोनाम शेर्पा छन् ।

सोनाम अहिले कार्यकारी अध्यक्ष बनेका छन् भने नोर्बुछिरिङ शेर्पालाई डिएमडीको जिम्मेवारी दिइएको छ। विजयबहादुर श्रेष्ठलाई यति समूहको कार्यकारी निर्देशक, उमेशचन्द्र राईलाई प्रमुख कार्यकारी अधिकृत र अनोज रिमाललाई आर्थिक निर्देशक नियुक्त गरिएको छ।

चन्दा यसअघि यति एडभेन्चरकी प्रमुख थिइन। उनले यति समुहको विभिन्न पदमा रहेर काम गरिसकेकी छन् ।