काठमाडौँ  – सङ्घीय ससंद्को बैठक कक्षमा सांसदको आसनका लागि राखिएको कुर्सीको समयमा मर्मत नुहँदा सांसदले दुःख पाएका छन् ।


ADVERTISEMENT


आइतबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलका सांसद खगराज अधिकारीले कुर्सी बिग्रिएको भन्दै मर्मत गर्न माग गरे ।


ADVERTISEMENT

# # #


बिग्रिएको कुर्सीको भाग उठाएर सभामुखलाई देखाउँदै भने, “कुर्सी मर्मत गर्नुपर्यो भनेर कति दिन भन्ने ? सभामुख महोदय, ज्यान जोगाइ पाउँ ।” संसद सचिवालयले बिग्रेका कुर्सी नबनाएर सांसदलाई धरापमा पारेको उनले बताए । ‘अहिलेसम्म दुर्घटना भएको छैन, बचिएको छ । तर कति पटक भन्नु पर्ने हो ?’ उनले भने, ‘संसद सचिवालयले आगामी दिनमा यस्ता कुर्ची नराखियोस् यो त धराप भयो ।’

यसपछि सभामुख कृष्णबहादुर महराले आफ्नो ध्यानाकर्षण भएको बताए ।