काठमाडौँ – एनआईसी एशिया बैंकले नवलपरासीको कावासोतीस्थित विष्णुनगरमा २९ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैँकले उक्त शाखा जेष्ठ १७ गतेबाट संचालनमा ल्याइएको छ ।


ADVERTISEMENT


आईतबारबाट संचालनमा आएको उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन कावासोती नगरपालिका उप–मेयर प्रेम शंकर मर्दानिया गरे । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा घ्याब्रे इन्टरप्राईजेज (प्रोप्राइटर विकाश गुरुङ) लाई नियुक्त गरिएको छबैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


उक्त शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीयवासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, टेलिफोन, इन्टरनेट लगायतका सेवाको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

बैंकले गर्दा मुलुकभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्स्टेन्सन काउण्टर एवं २९ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।