काठमाडौं– एन आई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ ।


ADVERTISEMENT


सोही क्रममा झापा जिल्लाको केचनाकवल गाउँपालिका वडा नं.१ को घेराबारी र स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं. १ को पञ्चमूलमा क्रमशः आफ्नो ३०औं र ३१औंं शाखारहित बैंकिङ सेवा जेष्ठ २० गतेबाट सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT

# # #


केचनाकवल गाउँपालिकाको घेराबारीमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको उद्घाटन बैंकका दमक क्षेत्रीय कार्यालयका सम्बन्ध प्रबन्धक विशाल घिमिरले गरे भन आँधीखोला गाउँपालिका पञ्चमूलमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको पञ्चमूल गाउँपालिका –१ का वडा अध्यक्ष लोकप्रसाद ढकालले गरे ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् ।