काठमाडौँ – इङ्गल्याण्ड र वेल्समा जारी क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाले लगातार तीन खेलमा हार व्यहोरिरहँदा क्रिकेटबाट सन्यास लिइसकेका दक्षिण अफ्रिकी खेलाडी एबी डी भिलियर्सले टिममा फर्किने चाहना व्यक्त गरेको खुलेको छ ।


ADVERTISEMENT


क्रिकेटसम्बन्धी वेबसाइट क्रिकइन्फोका अनुसार डी भिलियर्सले गत मे महिनामा विश्वकपका लागि दक्षिण अफ्रिकाको टोली घोषणा गर्नुभन्दा २४ घण्टा अगाडि सन्यास फिर्ता गरेर टिममा फर्किने चाहना राखेका थिए । तर, उनको यो प्रस्तावलाई टिम व्यवस्थापनले अस्वीकार गरेको बताइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै भिलियर्सले दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिस, प्रशिक्षक ओटिस गिब्सनलाई समेत टिममा फर्किने इच्छा व्यक्त गरेका थिए । तर उनीहरुले पनि कुनै प्रतिक्रिया जनाएनन् ।

भिलियर्सको प्रस्तावलाई अस्वीकार गर्नुमा दुई प्रमुख कारण रहेको बुझिएको छ । पहिलो उनले ठिक एक वर्षअगाडि त्यही समयमा सन्यास लिएका थिए, जतिबेला विश्वकपको तालिका समेत सार्वजनिक भइसकेको थियो । त्यसकारण उनले यो अवधिमा कुनैपनि दक्षिण अफ्रिकाका लागि घरेलू वा अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । त्यसैले विश्वकप टोलिमा पर्नका लागि मापदण्ड पुगेको थिएन ।

अर्को, भिलियर्सलाई टिममा फर्काउँदा उनलाई विस्थापित गरेको खेलाडीलाई अन्याय हुन्छ । विशेषगरी रस्सेइ भान देर डुसेन, जसले गत जनवरीमा पाकस्तिानविरुद्ध डेब्यू गरिसकेपछि पहिलो चार एकदिवसीयमध्ये तीन खेलमा अर्धशतक प्रहार गरेका छन् ।

दक्षिण अफ्रिकाका अर्को भरपर्दा बलर डेल स्टिायन पनि घाइतेपछि विश्वकपबाट बाहिरिएका छन् । यसले गर्दा टिम कमजोर देखिएको छ । अघिल्लो चरणको यात्रा तय गर्नका लागि बाँकी ६ खेलमा जित हात पार्नुपर्ने अवस्थामा उसका प्रशंसकले भिलियर्सलाई पनः बोलाइनु पर्ने चाहना राखेका छन् ।

दक्षिण अफ्रिकाले विश्वपमा आफ्नो चौथो खेल सोमबार वेष्ट इण्डिजविरुद्ध खेल्दैछ ।