काठमाडौँ – सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी आएको छ । बिहीबार बेलुका करिब ८ बजेदेखि करिब आधी घन्टासम्म हावाहुरी आएको हो । हावाहुरीबाट विशेष गरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका बढी प्रभावित भएका छन् ।


ADVERTISEMENT


हावाहुरीबाट ठूलो क्षती भएको अमान गरिएको छ । हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


मृत्यु हुनेमा कैलालीका वीरबहादुर चौधरी रहेका छन् । मोटरसाइकलमा सवार उनी ट्रिपरसंग ठोकिएका थिए । उपचारका क्रममा उनको अस्पतालमा मृत्यु भएको हो । हावाहुरीबाट ४० जना घाइते भएको प्रहरी उपरीक्षक सुदीप गिरीले बताए

घाइतेको धनगढीस्थित सेती अञ्चल अस्पताल, अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । यद्दपी पूरा विवरण भने आइसकेको छैन ।

सयौँको संख्यामामा बिजुलीका पोलहरु ढलेकाले बिजुली सेवा समेत अवरुद्ध भएको छ ।