एजेन्सी – इङल्याण्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा अष्ट्रेलिया र वेष्ट इण्डिजबीचको खेलमा अष्ट्रेलियाको जस्तै वेष्ट इण्डिजको पनि सुरुवात राम्रो हुन सकेन । २८९ रनेको चुनौति पच्छ्याउँदै मैदान उत्रिएको वेष्ट इण्डिजले ७ रन बनाउँदा पहिलो विकेटका रुपमा इभान लेविसलाई गुमायो ।


ADVERTISEMENT


लेविसको ओपनिङ जोडी बनेर आएका क्रिश गेलले पनि सुरुमा खुलेर ब्याटिङ गर्न सकेनन् । उनले एकै ओभरमा दुई पटक फिल्ड अम्पाएरले आउट दिँदा पनि डीआरएस (प्रविधिको सहयोगमा अन्तिम निर्णय)बाट जीवनदान पाए । तर, तेस्रो पटक पनि उनी बच्न सकेनन् ।


ADVERTISEMENT

# # #


इनिङको तेस्रो ओभरमा उनले दुई पटक डीआरएस माग्नुपर्यो । मिशेल स्टार्कले उनलाई लगातार दुई बलमा छक्याउँदै आउटको अपिल गरे । पहिलो अपिल उनले ‘कट बिहाइन्ड’को गरे । यस्तै दोस्रो अपिल एलबीडब्ल्यूको लागि गरे । यी दुबैपटक अम्पाएरले आउट दिएका थिए । तर, गेललाई अम्पाएरको निर्णय चित्त बुझेन र डीआरएस माग गरे । डीआरएसले उनलाई सुरक्षित देखायो ।


त्यसपछि चौथो ओभर लिएर आएका प्याट कमिन्सको ओभरमा गेलले लगातार दुई चौका प्रहार गरे । पाँचौ ओभरमा गेलका अघि फेरि मिशेल स्टार्क आए । यस ओभरमा गेललाई स्टार्कले फेरि छकाए र ओभरको चौथो बलमा फेरि एलबीडब्ल्यूको अपिल गरे । यसपटक पनि फिल्ड अम्पाएरले उनलाई आउटको इशरा गरे । तर, गेल मान्नेवाला थिएनन् । उनले फेरि पनि डीआरएसको माग गरे ।

निर्णय फेरि डीआएसमा गयो । तर, यसपटक भने गेललाई डीआरएसले पनि बचाउन सकेन । अन्ततः उनी १७ बलमा ४ चौकासहित २१ रन बनाएर मैदान छोड्न बाध्य भए ।