काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली साता लामो युरोप भ्रमणमा निस्कएका छन् । प्रधानमन्त्री ओली शनिबार साँझ जेनेभा प्रस्थान गरेका हुन् ।


ADVERTISEMENT


नेपालका प्रधामन्त्रीको युरोप भ्रमण १७ वर्षपछि भएको हो । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सन् २००२ को औपचारिक भ्रमण भएको १७ बर्षपछि प्रनधानमन्त्री ओलीले बेलायतको औपचारिक भ्रमणमा निस्किएका हुन् ।


ADVERTISEMENT

# # #


स्वीट्जरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागि हुँदै सुरु हुने प्रधानमन्त्री ओलीको युरोप भ्रमण बेलायत र फ्रान्सको राजकीय भ्रमण हुँदै सकिनेछ ।

जेनेभाको भ्रमण सकेर प्रधानमन्त्री ओली जेठ २७ गते बेलायत पुग्नेछन् । प्रधानमन्त्री ओली नेपालको सबैभन्दा पुरानो कुटनीतिक सम्बन्ध रहेको देश बेलायतमा तीन दिन रहनेछन् ।

प्रधानमन्त्रीले बेलायती समकक्षी प्रधानमन्त्री टेरेसा मेसँग जेठ २८ गते भेटवार्ता हुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले बेलायती समकक्षी समक्ष द्विपक्षीय हितका सार्थ भूपू गोर्खा सैनिकका बारेमा छलफल हुने कार्यक्रम छ ।

यस्तै प्रधानमन्त्री ओलीले जेठ २७ गते अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । बेलायतको भ्रमणपछि प्रधानमन्त्री ओली फ्रान्स पुग्नेछन् ।

फ्रान्स भ्रमणका क्रममा दुई मुलुकबीच व्यापार तथा लगानी प्रवद्र्धन सम्बन्धी सम्झौता हुने भएको छ । त्यहाँ दुई देशको ‘वान टु वान’ मिटिङमा सहभागी हुने कार्यक्रम तय भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल र फ्रान्सबीच पर्यटन, प्रविधि र दुई पक्षीय निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्ने कार्यक्रममा सम्झौता गरिने तयारी गरिएको छ ।

समग्रमा प्रधानमन्त्रीको युरोप भ्रमण आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन केन्द्रित हुनेछ ।