विराटनगर – मोरङ व्यापार संघको अध्यक्षमा प्रकाश मुन्दडा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतगणना परिणामलगत्तै कार्यसमिति बैठकले मुन्दडालाई अध्यक्ष चयन गरेको हो ।


ADVERTISEMENT


निर्वाचनमा मुन्दडा नेतृत्वको टीमले विपक्षी समूहलाई ‘क्लिनस्वीप’ गरेको छ । संघको ६४ औं साधरण सभाबाट मुन्दडाको अध्यक्षतामा ३२ औं नेतृत्व चयन भएको हो । तथा निर्वाचनमा मुन्दडाको टीमले निवर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत नेतृत्वको टीमलाई क्लिनस्वीप गरेको हो । निर्वाचनमा मुन्दडा टीमकै उम्मेदवारहरु अनिल शारडा, अनुपम राठी, अमित सारडा, आशिष जाजु, दिपेस सुवेदी, पवन राठी, सुनिल टिवडेवाल निर्वाचित भएका छन् ।


ADVERTISEMENT

# # #


यसैगरी अनिलकुमार साश, विकाशकुमार बेगवानी, देवाशिष गोल्छा, मनिषकुमार मारु, अनिल शाह, नविन रिजाल, बिनित सिंघानिया, राजेशकुमार अग्रवाल र सुसिल सुराना निर्वाचित भएका छन् । यसअघि नै वस्तुगततर्फ सञ्जय श्रेष्ठ र सन्तनु रेग्मी तथा शाखाबाट नवराज चापागाई निर्विरोध निर्वाचित भएका थिए ।

निर्वाचित सवै मुन्दडाको समुहबाट उम्मेदवार बनेका हुन् । अध्यक्षमा चयन भएसँगै मुन्दडाले मोरङ व्यापार संघलाई सवैको साझा बनाउने घोषणा गरेका थिए । नवनिर्वाचित अध्यक्ष मुन्दडा व्यापारीबीच निकै लोकप्रिय युवा उद्यमी हुन् । सवैसँग मिल्ने र व्यापारमा विशेष दख्खल राख्ने मुन्दडाको स्वभावकै कारण विपक्षी टिमलाई क्लिनस्वीप गर्न सफल भएको आम व्यवसायीहरुको भनाई छ ।