काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरमा विहिबार साँझ आएको हावाहुरीप्रति दुःख व्यक्त गरेको छ । साथै कांग्रेसले हावाहुरीबाट प्रधावित बनेकाहरुको राहत र उद्दारमा जुट्न अपिल गरेको छ ।


ADVERTISEMENT


शुक्रबार एक विज्ञप्ती जारी गर्दै विपदमा परी घाइते भएकाहरुलाई तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र अकालमा जीवन गुमाउन पुगेकाहरुका पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न सरकारसंग आग्रह गरेको छ ।


ADVERTISEMENT

# # #


साथै कांग्रेसले कैलाली र कञ्चनपुरमा पार्टीको पूर्वनिर्धारित राष्ट्रिय जागरण अभियानलाई राहत र उद्दारमा रुपान्तरण गर्न आह्वान गरेको छ ।

‘राष्ट्रिय जागरण अभियान को प्रथम चरणको कार्यक्रम अन्तर्गत शुक्रबार सबै जिल्लाहरुमा र्यालीसहित आमसभा गरेर समापन गर्ने केन्द्रको परिपत्र रहेता पनि कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण हुन पुगेको मानवीय एवं भौतिक क्षतिप्रतिको संवेदनशीलतालाई आत्मसात गरी उक्त दुई जिल्लाको राष्ट्रिय जागरण अभियानको पूर्व निर्धारित सम्पूर्ण कार्यक्रमलाई राहत र उद्धारको कार्यमा रुपान्तरण गर्न जिल्लामा तोकिनु भएका केन्द्रीय प्रतिनिधि र पार्टीका सम्पूर्ण साथीहरुलाई प्रभावित क्षेत्रमा मानवीय उद्धार र राहतको कार्यमा जुट्न यसै विज्ञप्ति मार्फत नेपाली कांग्रेस आग्रह गर्दछ’ विज्ञप्तीमा भनिएको छ ।

बिहीबार अकस्मात आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो क्षती पुगेको छ । हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।