भक्तपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले काम नपाएर अब कोही विदेशिनु नपर्ने बताएका छन् । शुक्रबार भक्तपुरको कटुन्जेमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै उनले सबैलाई नेपालमा रोजगारी दिने दावी गरे ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले भने, ‘रोजगारीका लागि विदेशमा ४० लाख युवा भौतारिरहेका छन्, सरकार के हेरेर बसिरहेको छ भन्नेलाई सरकार समाधानको बाटो खोजेर अगाडि बढेको छ, यो कार्यक्रम त्यसैको एउटा नमुना हो।’


ADVERTISEMENT

# # #


कुनै नेपाली सरकारी बेवास्तामा नपर्ने र बेरोजगार हुनु नपर्ने उनको दाबी थियो। ‘हामी समृद्ध नेपाल बनाउन लागिपरेका छौं, राष्ट्रलाई समृद्ध बनाउन युवा रोजगारलाई जोड्दैछौं,’ उनले भने। यो महाअभियानको भव्य सुरुआत भएको बताउँदै उनले यो कुनै गोष्ठी नभई कामबाटै सुरु भएको अभियान भएको धारणा व्यक्त गरे।

सरकारले बालकदेखि ज्येष्ठ नागरिकसम्मको जीवन सुरक्षाको कार्यक्रम सञ्चालन गरेकाले अब कसैलाई समस्या नपर्ने बताउँदै उनले सरकारले शुरु गरेको अभियानदेखि कतिपय आत्तिएको टिप्पणी गरे ।

मुलुकमा क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्ने पनि सक्रिय रहेको भन्दै उनले हिंसा र आतङ्कतर्फ लागेको तत्वहरु सफल नहुने बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कटुञ्जेको सवुर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको शुभारम्भ गर्दै कार्यक्रमसँग आबद्ध भएका युवालाई साबेललगायत उपकरण हस्तान्तरण गरेका थिए ।