एजेन्सी – विश्वकप क्रिकेटमा पहिलो शतक पूरा गर्दा कोही कतिसम्म खुसी हुनसक्छ ? सबैको उत्तर एउटै नआउन सक्छ ।


ADVERTISEMENT


हुन पनि हो, सबैको खुसी मनाउने तरिका आ–आफ्नै हुन्छन् । तर, कहिलेकाही खुसी मनाउँदै गर्दा उल्टो भइदिन्छ । यस्तै भयो शनिबार इङ्गल्याण्डका ओपनर जासन रोयको हकमा । उनले जे गर्न पुगे वा हुन पुग्यो, त्यो क्रिकेट दुनियाँमा यसअघि नदेखिएको दृश्यमध्ये एक थियो ।


ADVERTISEMENT

# # #


शनिवार बंगलादेशविरुद्ध जासन रोयले आफ्नो करियसको नवौँ शतक प्रहार गरे । विश्कपमा पहिलो शतक हानेका रोयले खुसी मनाउने क्रममा अम्पाएर जोएल विल्सनसंग ठोक्किए । उनको टक्कर यति तेज थियो कि जासनले सम्हाल्नु भन्दा पहिले नै विल्सन भूँईमा पछारिए । मैदानमा जे भयो त्यो स्वयम् जासन रोय वा अम्पाएर जोएल विल्सनलाई जति अप्रत्याशित थियो, त्यो भन्दा बढी दर्शकको लागि ।

कसरी खाए ठक्कर ?

यो घटना इङ्गल्याण्डको इनिङ्गको २७ औँ ओभरमा भयो । जतिबेला बंगलादेशका बलर मुजफिजुर रहमान बलिङ्ग गरिरहेका थिए भने रोय ९६ रनमा ब्याटिङ्ग गरिरहेका थिए । यो ओभरको पाँचौँ बलथियो र बल रोयको ब्याटमा लागेर बाउन्ड्रीतर्फ गइरहेको थियो ।

रोय अम्पाएसमेतको ध्यान बलतर्फ थियो । अम्पाएर पनि बलतर्फ हेरिरहेको थिए । यसैबीच रोय रन लिनका लागि दौडिए । उनी बलतर्फ हेरेर यति तीव्रगतीमा दौडिएका थिए कि पिचको छेवैमा रहेका अम्पाएरलाई समेत देखेनन् । बललेबाउन्ड्री छायो र यससंगै रोयको शतक पनि पूरा भइसकेको थियो । तर, रोय भने आफ्नो ठक्करमा भईँमा लडेका अम्पाएरलाइृ उठाउन व्यस्त थिए ।

अम्पाएरलाई उठाएपछि उनले शतकको खुलीयाली मनाए ।