काठमाडौँ – शिखर भवनले शतक बनाएपछि भारतले डिफेण्डिङ च्याम्पियन अष्ट्रेलियालाई ३५३ रनको कठिन चुनौति दिएको छ ।


ADVERTISEMENT


लण्डनस्थित केनिङटन ओभल मैदानमा टस जितेर ब्याटिङ थालेको भारतले निधौरित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५२ रन बनाएको छ । भारतका लागि रोहित शर्मा र शिखर धवनले उत्कृष्ट साझेदारी गरे । उनीहरुले पहिलो विकेटका लागि १२७ रनको साझेदारी गरेका थिए । यसक्रममा रोहित शर्मा ७० बलमा ३ चौका र एक छक्कासहित ५७ रन बनाएर आउट भए । यस्तै शिखर धवनले दोस्रो विकेटका रुपमा आउट हुनुअघि १०९ बलमा १६ वटा चौका प्रहार गर्दै ११७ रन बनाए ।


ADVERTISEMENT

# # #


यस्तै कप्तान विरोट कोहलीले ८२ रनको योगदान दिए । एकदिवसीयमा आफ्नो ५० औँ अर्धशतक पूरा गरेका कोहलीले यसक्रममा ७७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । चौथो नम्बरमा आएका हार्दिक पाण्ड्याले आक्रमक इनिङ खेले । उनले कोहलीसंग मिलेर ५३ बलमा ८१ रनको साझेदारी गरे । उनी २७ बलमा ४ चौका र ३ छक्कासहित ४८ रन बनाएर पेवेलियन फर्किए । यस्तै महेन्द्र सिंह धोनीले १४ बलमा ३ चौका र एक छक्कासहित २७ रन जोडे । लोकेश राहुल ११ रन बनाएर नटआउट रहे ।

अष्ट्रेलियाका लागि मार्कश स्टोनिक्सले ७ ओभरमा ६२ रन खर्चिँदै २ विकेट लिए । यस्तै मिचेल स्टाक्र्स, प्याट्रिक कमिन्स र नाथन कल्टर–नाइलले समान १ -१ विकेट लिए । दुबै टिमभ आफ्नो विजयी यात्रालाई निरन्तरता दिने दाउमा रहेका छन् ।

भारतले यसअघि दक्षिण अफ्रिकालाई र अष्ट्रेलियाले अफगानिस्तान र वेष्ट इण्डिजलाई पराजितथ गरेको थियो ।