काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा स्वीट्जरल्याण्डको जेनेभा पुगेका छन् । शनिबार साँझ काठमाडौँबाट नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रस्थान गरेका प्रधानमन्त्री ओली कतारको दोहा हुँदै दिउँसो जेनेभा पुगेका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीलाई जेनेभा विमानस्थलको अति विशिष्ट कक्षमा जेनेभा क्यान्टोनका प्रतिनिधी र विमानस्थलका प्रोटोकल अधिकारीले स्वागत गरेको ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताएका छन् । उनका अनुसार प्रधानमन्त्री ओलीले सोमबार जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहलाई सम्बोधन गर्नेछन् ।


ADVERTISEMENT

# # #


ओलीले आइएलओको नेपालको सम्बन्ध र ऐक्यबद्धता तथा नेपाल जस्ता अल्पविकसित राष्ट्रहरुले श्रम सम्बन्धमा बेहोर्नुपरिरहेको चुनौती तथा नेपालले नयाँ संविधानअन्तर्गत श्रम सम्बन्धमा अपनाएको सामाजिक सुरक्षाका कार्यक्रमसहितका विषयमा स्पष्ट पार्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्

जेनेभा समारोहमा विश्वका ४५ देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहने र ‘साइड लाइन’मा कतिपय नेतासँग प्रधानमन्त्रीको भेटवार्ता समेत हुनेछ । स्वीट्जरल्याण्डको भ्रमणपछि प्रधानमन्त्री ओली भोलि नै बेलायत प्रस्थान गर्ने कार्यक्रम छ । बेलायतमा प्रधानमन्त्री ओलीले विश्वप्रसिद्ध अक्सफोर्ड यूनिभर्सिटीको युनियनलाई विशेष सम्बोधन गर्नेछन् ।

बेलायतमा रहँदा प्रधानमन्त्री ओली र उनका समकक्षी संयुक्त अधिराज्यका प्रधानमन्त्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता हुनेछ । बेलायत भ्रमणपछि प्रधानमन्त्री ओलीले फ्रान्सको औपचारिक भ्रमण गर्ने कार्यक्रम छ । यसअघि प्रधानमन्त्री ओली हिजो राति दोहा पुग्दा हमाद अन्तर्राष्ट्रि«य विमानस्थलमा कतारका सरकारी अधिकारी तथा नेपाली दूतावासका कार्यबाहक राजदूत लक्ष्मण खनालसहितका अधिकारीहरूले स्वागत गरेका थिए।