काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । गुठी विधेयकको विरोधमा आइतबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा धरपकड गरेको भन्दै कांग्रेसले गृहमन्त्रीको जवाफ माग गरेको थियो ।


ADVERTISEMENT


गृहमन्त्री संसदमा उपस्थित नभएको र भूमिसुधार मन्त्रीले यसको बारेमा जवाफ दिइसकेको भन्दै सभामुख महराले उभिएका कांग्रेस सांसदलाई बस्न आग्रह गरे । तर, गृहमन्त्रीले जवाफ नदिएसम्म संसद बैठक अगाडि बढ्न नसक्ने भन्दै कांग्रेस संसद उभिरहेपछि सभामुख कृष्णबहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।


ADVERTISEMENT

# # #