एजेन्सी – भारतीय क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको छन् । भारतलाई २०११ को एकदिवसीय क्रिकेट विश्वकपको उपाधी दिलाउन महत्वपूर्ण योगदान गरेका युवराजले सोमबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।


ADVERTISEMENT


सन्यासको घोषणा गर्दै उनले २०११ को विश्वकपमा ‘म्यान अफ दि सिरिज’ चुनिनु आफ्ना लागि सपना जस्तै भएको बताए । ‘मैँले बच्चादेखिनै आफ्ना पिताको निर्देशअनुसार चलेँ र देशका लागि खेल्ने उनको सपना पच्छ्याएँ । मेरा प्रशंसक, जसले मलाई सँधै समर्थन गरे । म उनीहरुलाई धन्यवाद भन्न चाहन्छु । युवराजले भने, ‘मेरो लागि २०११ को विश्वकप जित्नु र म्यान अफ दि सिरिज चुनिनु सपनाजस्तै थियो । त्यसपछि मलाई फोक्सोमा क्यान्सर भयो । जुन एक्कासी आकाशबाट जमिनमा पछारिनुजस्तै थियो । तरपनि त्यस समय मेरो परिवार, मेरा प्रशंसक मेरो साथ थिए ।’


ADVERTISEMENT

# # #


२०११को विश्वकपका दौरान युवराज क्यान्सरसंग जुधिरहेका थिए । तरपनि उनले यसको बारेमा कसैलाई बताएनन् । अष्ट्रेलियाविरुद्धको क्वार्टरफाइनलभन्दा पहिले डाक्टरले उनलाई नखेल्न सल्लाह लिएका थिए । तर उनी मैदानमा उत्रिएनन् मात्रै भारतको जितको हिरो पननि भए । उक्त खेलमा उनले नटआउट ५७ रन बनाएका थिए ।

आफ्नो क्रिकेट करियरलाई सम्झिँदै उनले भने, ‘आफ्नो २५ वर्षे करियर आसगरी १७ वर्षे अन्तर्राष्ट्रिय करियरमा केही उतारचढाव आए । अब मैँले अघि बढ्ने फैसला लिइसकेको छु । यस खेलले मलाई कसरी लड्ने, कसरी पछारिने र कसरी फेरि उठेर अगाडि बढ्ने भन्ने कुरा सिकाएको छ ।’

सन् २००० मा केन्या विरुद्ध डेब्यू गरेका उनले सन् २००४ मा आफ्नो पहिलो शतक बनाए  । युवराजको नाममा एकै ओभरमा ६ छक्का हानेको कीर्तिमान पनि रहेको छ । युवराजले ४० टेष्ट खेलमा १९०० रन बनाएका छन् भने ६ विकेट लिएका छन् । ३०४ एकदिवसीय खेल खेलेका उनले १११ विकेटका साथ ८,७०१ रन बनाएका छन् । यस्तै उनले टी २० अन्तर्राष्ट्रियमा ५८ खेलमा २८ विकेटसहित १,१७७ रन बनाएका छन् ।