काठमाडौं – मलेसियामा हुने एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । एसियन क्रिकेट काउन्सिलले मंगलबार सार्वजनिक गरेको तालिकामा नेपाल समूह ए मा परेको हो । नेपालसँगै समूह ए मा चीन, सिंगापुर र म्यानमार छ ।


ADVERTISEMENT


समूह बी मा हङकङ, थाइल्याण्ड, भुटान र आयोजक मलेसिया छ । प्रतियोगिता ३० जुनदेखि १० जुलाईसम्म चल्नेछ । नेपालले पहिलो खेल जुलाई २ मा म्यानमारसँग खेल्ने छ । ५ जुलाईमा सिंगापुरसँग दोस्रो खेल खेल्ने नेपालले अन्तिम खेल चीनसँग खेल्नेछ ।


ADVERTISEMENT

# # #


समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन । प्रतियोगिताको विजेताले श्रीलंकामा हुने यू–१९ एसिया कपमा सहभागिता हुने अवसर पाउनेछ ।