विश्वकप क्रिकेटमा पाकिस्तानले आज अष्ट्रेलियाको सामना गर्दैछ । लण्डनको टाउन्टनस्थित मैदानमा यी दुई टिम १५ वर्षपछि आमने सामने हुँदैछन् । उनीहरुले यी दुई टिमले पछिल्लो पटक लयण्डनकै लर्ड्स मैदानमा ४ सेप्टेम्बर २००४ मा भिडेका थिए । त्यतीबेला अष्ट्रेलियाले पाकिस्तानलाई १० रनले पराजित गरेको थियो ।


ADVERTISEMENT


जारी विश्वकपमा पाकिस्तानले अहिलेसम्म तीन खेल खेलेको छ । पहिलो खेलमा वेष्टइण्डिजसंग पराजित भएको पाकिस्तानले दोस्रो खेलमा आयोजक तथा प्रतियोगिताको बलियो मानिएको इङल्याण्डलाई पराजित गरेको थियो । तेस्रो खेल वर्षाले प्रभावित पारेपति पाकिस्तान र श्रीलंकाले अंक बाँडेका थिए ।


ADVERTISEMENT

# # #


इङल्याण्डलाई जस्तै अष्ट्रेलियालाई पनि हराउन चाहन्छ । यता अष्ट्रेलियाले तीन खेलमा दुई जित हात पारेको छ । उसले भारतसंग हार्दा वेष्टइण्डिज र अफगानिस्तानलाई पराजित गरेको थियो ।

हेड टु हेडमा अष्ट्रेलिया अघि

इङल्याण्डको मैदानमा पाकिस्तानले अष्ट्रेलियामाथि पछिल्लो पटक सन् २००१ मा जित हात पारेको थियो । इङल्याण्डमा पाकिस्तान र अष्ट्रेलियाबीच आजसम्म ८ एकदिवसीय खेल भएका छन् । जसमा अष्ट्रेलियाले ५ र पाकिस्तानले ३ खेल जितेका छन् । यस्तै यी दसई टिमबीच १०३ खेल भएका छन् । जसमा अष्ट्रेलियाले ६७ खेल जित्दा पाकिस्तानले ३२ मा जित हात पारेको थियो । एक खेल बराबर भएको थियो भने तीन खेल नतिजाबिहीन भएका थिए ।