काठमाडौँ – प्रभु बैंकले कैलालीको गोदावरी नगरपालिका–१ स्थित अत्तरियामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिंह साउदले उद्घाटन गरेका थिए ।


ADVERTISEMENT


शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा नगर प्रमुख साउदले प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै अत्तरिया शाखा कार्यालयबाट त्यस क्षेत्रका उपभोक्ता लाभान्वित हुने अवसर मिलेको बताए ।


बिहीबारदेखि सञ्चालनमा आएको बैंकको अत्तरिया शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।