– चण्डिराज ढकाल


ADVERTISEMENT


दक्षिण एशियामा विश्वमै सम्भावना बोकेका ठाउँहरु छन् । त्यसकारण सार्क देशहरुलाई कसैले पनि ‘बाइपास’ गरेर अगाडि बढ्न खोज्यो भने आर्थिक उन्नती त्यसलाई हुन सक्दैन । त्यसकारण यसका सकारात्मक कुराहरुलाई हेरेर अगाडि बढ्नुर्पदछ । दक्षिण एशियाका ग्रामिण गन्तव्यहरु, ‘कन्भिनेन्ट ट्रान्सपोर्टेसन’, स्वादिस्ट परिकारहरु र रमणीय क्रियाकलापको लागि पनि एउटा सम्भावना बोकेका ठाउँहरु हुन् । यिनलाई पवर्द्धन गरेर मात्रै हामी अगाडि बढ्ने सक्छौँ ।


ADVERTISEMENT

# # #


नेपालले अहिले चीनको ‘बीआरआई कनेक्टिभिटी’लाई समर्थन गरेको छ । यसलाई ‘ट्रान्सपोर्टेसन हब’को रुपमा बनायौँ भने नेपालको विभिन्न क्षेत्रमा अनुसन्धानमा पचिालन गर्न, युवाहरुलाई रोजगारीका अवसरहरु सिर्जना गर्नका लागि, औद्योगिक उत्पादनको संख्या र गुणस्तरमा वृद्धि गर्नका लागिपनि यो राम्रो कुरा हुनसक्छ ।

चीनले आफूलाई विश्व बजारमा आधिनिक प्रविधिलाई प्रयोग गरेर जसरी चिनाउन सक्यो, बढाउनुपर्ने हुन्छ । दुईटा विशाल जनसंख्या भएका देशको बीचमा बसेर हाम्रो समृद्धि र दिगो विकासका लक्ष्यमा हामी एउटा सफलता प्राप्त गर्न सक्छौँ । गल्फजस्ता विभिन्न आनन्ददायी खेल महोत्सव सञ्चालनका लागि पनि यो क्षेत्र हुनसक्छ ।

चीनको सीसीपीआइटीसंग मिलेर स्थापना गरिएको चाइना साउथ एशिया बिजनेस फोरम (सीएसएबीएफ)को अधिकतम उपयोग गरेर ती सम्भावना बोकेका क्षेत्रहरुमा निजी क्षेत्रको सहभागिता र सहज भूमिका भएमात्र यी कुराहरु अगाडी बढ्न सक्छन् । जसले गर्दा हाम्रो स्रोतहरुलाई परिचारलन गर्न सकिन्छ । राष्ट्रिय सम्पत्तिको रुपमा जतिपनि स्थापित हुनसक्ने सम्भावनाहरुलाई विश्वबजारमा स्थापित गर्न सक्छौँ ।

नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गरेको छ । यो अभियानलाई सफल गराउनका लागि चीन लगायतका देशहरुको भूमिका पनि महत्वपूर्ण रहन्छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई वास्तवमै कार्यान्वयन गरेर नेपालीको सुखद भविष्य निर्माण गर्नुपर्ने छ । यसका लागि पनि मित्रराष्ट्रहरुको सहयोगको आवश्यकता हुन्छ ।

सार्क देशमात्रै होइन, इण्डियन ओशियनका देशरुलाई एउटा प्रतिस्पर्धात्मक ट्रेडका रुपमा अगाडि लानुपर्छ । सबै राष्ट्रहरुले आफ्नो राष्ट्रको भविष्य निर्माणका लागि यी सम्भावनाहरुलाई अगाडि बढाउनुपर्छ ।

(पूर्वअध्यक्ष उद्योग वाणिज्य महासंघ एवम् सार्क च्याम्बर अफ कमर्सका उपाध्यक्ष ढकालले चीनमा जारी ‘दोस्रो चीन-दक्षिण एशिया को-अपरेसन फोरम’मा राखेको धारणा)