काठमाडौँ– उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चावहिलको ओम अस्पतालमा तनाव उत्पन्न भएको छ ।


ADVERTISEMENT


पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गर्दा ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको हो । उनको गत शुक्रबार पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको थियो ।


ADVERTISEMENT

# # #


शल्यक्रियापछि स्वास्थ्यमा सुधार आउनुको सट्टा झन्झन् जटिल बन्दै गए पछि शल्यक्रिया गरेको दुई दिन अर्थात गएको आईतबार सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर मृत्यु भएको बिरामीका आफन्तहरुले बताएका छन् ।

कसरी भयो बिरामीको मृत्यु

इन्द्रावती गाउँपाालिका–१०, सिन्धुपाल्चोककी रामप्यारी बिहीबार स्वास्थ्य जाँच गराउन ओम अस्पताल पुगेकी थिइन् । उनको पित्तथैलीमा पत्थरी भएको पत्ता लाग्यो । अस्पतालले गत शुक्रबार अपरेशन गरियो ।

मृतकका आफन्त खड्ग श्रेष्ठका अनुसार अप्रेसनपछि स्वास्थ्यमा सुधार आउनुको सट्टा शनिबार रामप्यारीको ब्लड पेसर लो हुने उनलाई शास फेर्न गाह्रो हुने समस्या भयो । त्यसपछि अस्पतालले सबै स्वास्थ्य परीक्षण गर्यो र आइतबार सिटी स्क्यान सम्म गरियो ।

‘सिटी स्क्यानबाट पनि समस्या पत्ता नलागे पछि भिडियो एक्स–रे बाट निमुनिया होकी भन्ने आशंका भयो ।’ श्रेष्ठले भने, ‘निमोनिया भएको भए निको हुन्छ भन्ने सोचमा हामी थियौँ ।’ पछि डाक्टरले आफन्तहरुलाई भित्र बोलाएर आन्द्रामा इन्जुरी रैछ भन्ने कुरा गरे अर्थात पत्थरीको शल्यक्रिया गरेको समयमा सानो आन्द्रा छेडे पनि नटाली पेटमा टाका लगाएको रैछ । तुरुन्त शल्यक्रिया गर्नुपर्छ भनेपछि आईतबार फेरि शल्यक्रिया गरियो । शल्यक्रिया सकेपछि डा. रविन कोइरालाले डेढ मिटरभन्दा बढी आन्द्रा काम नलाग्ने भएको रैछ त्यो आन्द्रा मैले काटेर फालिदिएँ भने । त्यसलगतै आईतबारनै बिरामीलाई भेन्टिलेटरमा लगियो । सोमबार पनि अलि ठिक हुँदैछ । मंगलबार अलि स्वास्थ्यमा समस्या आयो भनेर भन्दा भन्दै आज बिहान ७ बज्न २ देखि ३ मिनेट बाँकी हुँदा बिरामीको मृत्यु भयो ।’

उपचार गर्न ल्याएको रामप्यारीको यसरी निधन भएपछि अहिले ओम अस्पतालमा आफन्तको घुँईचो लागेको छ । अस्पताल परिसरमा प्रहरी खटाइएको छ । मृतक रामप्यारीको ज्वाई खड्ग श्रेष्ठका अनुसार अहिलेसम्म पनि अस्पताल प्रशासनसँग छलफल नभएको बताए । अस्पतालबाट गल्ती भएको भन्ने कुराको कुनै पनि प्रतिक्रिया नजनाएको आफन्तहरुको भनाई छ ।