एजेन्सी – आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज वेष्ट इण्डिजले आयोजक राष्ट्र इङ्ल्याण्डको सामना गर्दैछ । पाकिस्तानलाई हराएपछि वेष्टइण्डिजले उच्चमनोबल बनाएको छ । तरपनि उसले आफ्नो पछिल्लो खेल दक्षिण अफ्रिकासंग पानीले प्रभावित भएपछि अंक बाँडेको थियो ।


ADVERTISEMENT


वेष्टइण्डिज दोस्रो जित हात पार्ने दाउमा रहेको छ भने इङल्याण्ड तेस्रो जितको खोजीमा रहेको छ । यसअघि उसले दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको थियो । विश्वकपमा इङल्याण्ड वेष्टइण्डिजमाथि भारी हुँदै आएको छ ।


ADVERTISEMENT

# # #


विश्वकपमा विण्डिजले ४० वर्षदेखि इङल्याण्डविरुद्ध जित निकालेको छैन । उसले अन्तिमपटक इङल्याण्डमाथि १०७९ मा जित हात पारेको थियो । त्यसपछि यी दुई टिम पाँचपटक आमने सामले भए । तर, पाँचै पटक वेष्ट इण्डिज कमजोर साबित हुँदै आएको छ ।

जारी विश्वपमा पनि इङल्याण्डका ब्याट्सम्यानहरु उच्च लयमा रहेका छन् । जसको डर वेष्टइण्डिजलाई रहेको छ ।